Redirecting...

सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजको कसिलो बलिङ - kendrabindu.com

सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजको कसिलो बलिङ - kendrabindu.com
Source: kend

काठमाडौं। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको २४औँ खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध कसिलो बलिङका साथ उत्कृष्ट सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा भइरहेको दिन/रातको खेलमा टस जितेर फिल्डिङ रोजेको चितवनले सुदूरपश्चिमका महत्त्वपूर्ण दुई विकेट झारिसकेको छ। सुदूर पश्चिम रोयल्सले ६.४ ओभरमा २ विकेट गुमाएर ४९ रन बनाएको छ। सुदूर पश्चिम रोयल्सका लागि ओपनर क्रिस लिन २२ बलमा २५ रन बनाएर एक छेउमा टिकिरहेका छन्। उनले हालसम्म २ चौका र १ छक्का प्रहार गरेका छन्। तर, अर्को छेउमा भने रोयल्सले दुई ब्याट्सम्यान गुमाइसकेको छ। पहिलो विकेटका लागि क्रिस लिनसँग ४६ रनको साझेदारी गरेका ओपनर विनोद भण्डारी १७ बलमा २१ रन बनाएर आउट भए। विनोद आउट भएको केही बेरमै ईशान पाण्डे पनि ४ बलमा १ रन बनाएर पेभेलियन फर्किए। चितवन राइनोजका बलरहरूले पावरप्लेमा सुदूर पश्चिमका ब्याट्सम्यानहरूलाई खुल्ने मौका दिएका छैनन्। रन्जित कुमारले २ ओभरमा १० रन मात्र दिएर १ विकेट लिएका छन्। सेफ जइबले मात्र ०.४ ओभर बलिङ गर्दै ३ रन दिएर १ महत्त्वपूर्ण विकेट लिन सफल भएका छन्।