कविता : म ताज हुँ - sahityapost.com
कठैसुन बजारमा छिरेर ऊ खोजिरहेछजुत्ताहरू पितृसत्ताको मस्तिष्क बोकेर। मलाई थाहा छऊ जुत्तामा अटाएको छ,सायद ऊ गरिब छ,हृदयको भाउ घटाएको छ,र सोच्छ, स्त्री जुत्ता हो। खेल मस्तिष्कको हो,ऊ खेलिरहेछ एक्लै,र जितिरहेछ आफैँ। तर तिमी नहिँडी मेरो मनको बाटो,नचिनी मलाई नभन्नु“खुट्टा भए जुत्ता कति–कति।” म त हारिदिन्छु,खुट्टा छाडिदिन्छु,म खुट्टा छुन सक्छु,जुत्ता हुन सक्दिनँ। र त आज पनि एउटा दरबार छ मभित्र,र विचित्र ! यो हृदयको सिंहासनमा पर्खाइ छ बादशाहको। फुकेर बिगुल दरबारको सानमा,झुकेर ईश्वरको नाममामलाई सूचना पठाउन मन छकोही छ राजा ?कोही छ सजाउने ?मलाई शिरमा लगाउने ? चम्किलो हीरा झैँ,छु जिद्दी म आँधी झैँ ।उषामा झरेको शीत झैँझर्छु म दिनको बिहान भई ।रातको हुँ जून मगोधूलि साँझको सुनौलो घाम झैँहुँ म मुटुको। म मीठो हुँ अन्दाज,नजर लिएर आउनु ।कोमल हुँ आवाजहृदय लिएर आउनु।खास हुँबतास हुँसमुद्र भएर आउनु,पहरा भएर आउनु। डुबेर गङ्गाको पानीमा,धोएर आउनु मस्तिष्क ।फेरेर वस्त्र पितृसत्ताको,प्रेमले सजिएर आउनु। धुन हुँ म प्रीतकोबाजा भएर आउनु ।ताज हुँ म शिरकोराजा भएर आउनु ।शिर लिएर आउनु,बनेर बादशाह,शिरमा सजाउनु। गरौँला प्रेमले अनुरोधमानिदिनु तिमीले निर्विरोध ।अरू पनि केही मेरा रहरमनमा बनाएको छु सानो घर।पूजौँला हरि हरदिन,घरमा प्रभु उनकै भर। आँगनै पूर्व तुलसी, पारिजात झरून मठैमा ।पूर्वको घाम टुप्लुक्क बिहानै परून् कोठैमा ।प्रेमले हाम्रो घर मिलोस्, कोठालाई राखौँला चिटिक्क।नउडोस् धुवाँ चुरोटको, नचलोस् अल्कोहल पिटिक्कै। राम झैँ पति भन्दा, कृष्ण झैँ प्रेमी बनिदिनु ।राधा झैँ म पनि भइदिन्छु, तिमीले मै प्यारी मानिदिनु ।यी सबै मेरा अनुरोध, मुस्कुराई हुन्छ भनिदिनु। म पूजा गरी प्रेमले बनाई मन्दिरमुटुमा ईश्वरमा तिमीलाई राख्नेछु। The post कविता : म ताज हुँ appeared first on साहित्यपोस्ट.