नुवाकोट-१ बाट प्रकाशशरण महत बने कांग्रेसको उम्मेदवार - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदै छ । सोही क्रममा कांग्रेसले नुवाकोट–१ मा महतलाई उम्मेदवार बनाएको हो । गत निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा माओवादी केन्द्रका हित बहादुर तामाङ विजयी भएका थिए ।