बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा, दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको गुनासो - www.pardafas.com
Source: pfds
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । उनले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए । ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए । उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए । यो घटनाक्रमबाट नभाग्ने पनि लामाको भनाई थियो । यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ ।