पोखरालाई १३ रनले पराजित गर्दै काठमाडौँ प्लेअफमा - ukaalo.com
Source: uklo
काठमाडौँ– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ। यो जितसँगै काठमाडौँ ७ खेलबाट १० अंकसहित प्लेअफमा पुगेको छ। काठमाडौँ प्लेअफमा पुग्ने दोस्रो टोली हो। यसअघि, सुदूरपश्चिम रोयल्सले पनि प्लेअफमा स्थान