Redirecting...

११ महिनामै १० लाख बढी विदेशी पर्यटकले घुमे नेपाल, सबैभन्दा धेरै पर्यटक भारतीय - arthasarokar.com

११ महिनामै १० लाख बढी विदेशी पर्यटकले घुमे नेपाल, सबैभन्दा धेरै पर्यटक भारतीय - arthasarokar.com
Source: aths

काठमाडौँ । सन् २०२५ को ११ महिनामा साढे १० लाख बढी विदेशी पर्यटकले नेपाल घुमेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा १० लाख ६० हजार विदेशी पर्यटकले नेपाल घुमेका हुन् । यो संख्या सन् २०२४ को तुलनामा ०.४ प्रतिशत बढी हो । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार विदेशी पर्यटकले नेपाल घुमेका थिए । समीक्षा अवधिमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक भारतीय रहेको पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार यस अवधिमा भारतबाट २ लाख ६२ हजार पर्यटक नेपाल आएका छन् । भारतपछि सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आएका छन् । अमेरिकाबाट ११ महिनामा १ लाख ५ हजार पर्यटक नेपाल आएका छन् । त्यस्तै, चीनबाट ८६ हजार पर्यटक नेपाल आएका छन् ।