भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्प, प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्न निर्देशन - farakdhar.com
Source: FRDH
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्याङ्करहरू’ अवरुद्ध गर्ने आदेश जारी गरेका छन् । यस घोषणासँगै उनले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाएका छन् । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध लड्ने उद्देश्य देखाउँदै तर भेनेजुएलालाई विशेष रूपमा लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले महिनौँदेखि क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी विस्तार गर्दै आएको छ । काराकासले यस...