Redirecting...

वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो - nagariknews.nagariknetwork.com

वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो - nagariknews.nagariknetwork.com
Source: ngrk

अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव रहेको छ।गए राति पानीको बहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो। रातिदेखि नै वर्षा कम भएसँगै सो नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उनले बताए।अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताए। आइतबार विहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो। रासस