Redirecting...

विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव - corporatekhabar.com

विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव - corporatekhabar.com
Source: cork

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले ४ पुसमा विश्वासको मत लिने तयारी थालेको छन् । १९ मंसिरमा सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका यादवले ४ पुसमा विश्वासको मत लिने बताइएको छ । विश्वासको मतको लागि आज बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बसेको थियो । बैठकपछि ४ पुसमा मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसअघि २ पुसमा सभामुख चयनको लागि निर्वाचन हुने बताइएको छ । नेकपा (एमाले)बाट प्रदेशसभामा निर्वाचित तत्कालीन सभामुख रामचन्द्र मण्डललाई दुईतिहाइ बहुमतले हटाइएपछि अहिले पद रिक्त रहेको छ । उपसभामुख बबिता राउत इशरले अहिले सभामुखको भूमिका निर्वाह गरिरहेकी छन् । त्यस्तै, मुख्यमन्त्री यादवले विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । हाल मन्त्रिपरिषद्मा जनमतको संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री छन् भने एकीकृत समाजवादी पार्टीका सांसद कनिष पटेल र कांग्रेसका जंगीलाल रायलाई बिनाविभागीय मन्त्री छन् । The post विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.