Redirecting...

राजनीतिक दलसँग वार्ताका लागि सरकारले गर्‍यो उच्चस्तरीय संवाद समिति गठन - farakdhar.com

राजनीतिक दलसँग वार्ताका लागि सरकारले गर्‍यो उच्चस्तरीय संवाद समिति गठन - farakdhar.com
Source: FRDH

सरकारले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग संवाद र वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । समिति सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । समितिले राजनीतिक दलहरू तथा सरोकारवालासँग समसामयिक विषयमा संवाद गर्दै सहमतिको वातावरण निर्माण गर्ने काम गर्नेछ ।