विधान श्रेष्ठको नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक - joynepal.com
Source: joyn
काठमाडौं। गायक विधान श्रेष्ठले नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक गरेका छन्। म्युजिक नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द र संगीत स्वयं श्रेष्ठकै रहेको छ। गीतको संगीत संयोजन अमुल कार्की ढलीले गरेका हुन् भने नकुल कार्कीले रेकर्ड र अनिल अधिकारीले मिक्सिङ–मास्टरिङ गरेका छन्। भिडियोमा विजय कार्की र सोफी धरेलले अभिनय गरेका छन्। विशाल थापाले छायांकन गरेको भिडियोको सम्पादन र रंग संयोजन आई क्याच स्टुडियोले गरेको हो। निर्देशन विभोर पोखरेल र सहायक निर्देशन विक्रम तामाङको रहेको छ। The post विधान श्रेष्ठको नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक appeared first on Joy Nepal.