Redirecting...

कविता : एउटा गीत लेखूँ भने - sahityapost.com

कविता : एउटा गीत लेखूँ भने - sahityapost.com
Source: shpt

एउटा गीत लेखूँ भने शब्द तिमीभित्रै थिएसङ्गीतका धुन पनि तिमीभित्रै गुन्जिरहे ।कहाँबाट चोरूँ तिम्रा मनका मीठा भाकाहरू ?कहाँ बसी हेरूँ तिम्रा सुनकेशरी आँखाहरू ? त्यहीँ डुलेँ, त्यहीँ भुलेँ, परेलीमा पिङ खेलेँतिमीलाई हेर्दाहेर्दै मैले गीत लेख्न भुलेँ । निधारमा आकाशका जुन–ताराहरू थिएअधरमा हृदयका भावहरू चम्किरहे ।सौन्दर्यको स्वर्ग थियो मुहारमा थरिथरिमोहनीले भरिएको इन्द्रेणीको रङ्गसरि । त्यहीँ डुलेँ, त्यहीँ भुलेँ, परेलीमा पिङ खेलेँतिमीलाई हेर्दाहेर्दै मैले गीत लेख्न भुलेँ । शिरदेखि पाउसम्म तिमीलाई नै हेरिरहेँ,तिम्रै छातीभित्र लुकी सँगै सास फेरिरहेँ ।ममताको खानी थियो आँखाको त्यो नानीभित्रजता हेर्यो त्यतै भुल्ने सिर्जनाको दिव्य चित्र । त्यहीँ डुलेँ, त्यहीँ भुलेँ, परेलीमा पिङ खेलेँतिमीलाई हेर्दाहेर्दै मैले गीत लेख्न भुलेँ ।