Redirecting...

२८ जना राजनीतिकर्मीद्वारा दोस्रो र तेस्रो तहका नेतासँग आ–आफ्ना दल पुनर्गठन गर्न आह्वान - bishwokhabar.com

२८ जना राजनीतिकर्मीद्वारा दोस्रो र तेस्रो तहका नेतासँग आ–आफ्ना दल पुनर्गठन गर्न आह्वान - bishwokhabar.com
Source: bsbk

काठमाडौं– २८ जना राजनीतिककर्मीहरूले दोस्रो र तेस्रो तहका नेताहरूसँग आ–आफ्ना दल पुनर्गठनमा पहल गर्न आह्वान गरेका छन् । अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबि विश्वकर्मा, नवीन तिवारीसहितका अन्यले जेनजीले भ्रष्टाचार मुक्त राजनीतिको माग राख्दै सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमाथि भएको सरकारले गरेको दमन र हिंसामा जीवन गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्तो कदम उठाएका हुन् । उनीहरूले भनेका छन्, ‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन सम्भव छैन । त्यसैले, जिम्मेवार नेताहरू ढिलाइ नगरी आफ्नो पार्टी पुनर्गठनमा लाग्नुपर्छ ।’ साथै उनीहरूले जेनजी आन्दोलनको मागलाई उच्च सम्मान गर्दै भनेका छन् कि नेपाली जनता राजनीति, प्रशासन र न्यायपालिका भ्रष्टाचारमुक्त, पारदर्शी र परिणाममुखी देख्न चाहन्छन् । तर मुख्य दलका नेताहरूले अझै आन्दोलनको सन्देश नसुनेको भन्दै ‘बाहाना बनाएर नेतृत्वमा रहने प्रयासले मुलुकलाई ठूला दुर्घटनातर्फ लैजानेछ’ भनी चेतावनी दिएका छन् ।