सिंगटी हाइड्रो इनर्जी नाफामा, प्रतिसेयर आम्दानी कति? - www.onlinepana.com
Source: onpa
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा असार मसान्तसम्म १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष (२०८०/८१) को यसै अवधिमा कम्पनीले ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । कम्पनीले गत वर्ष ब्याजवापत २६ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसा तथा प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा छ । The post सिंगटी हाइड्रो इनर्जी नाफामा, प्रतिसेयर आम्दानी कति? appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).