Redirecting...

जन्ती बस दुर्घटना : आठजनाको मृत्यु‚ ४५ घाइते - nepalnews.com

जन्ती बस दुर्घटना : आठजनाको मृत्यु‚ ४५ घाइते - nepalnews.com
Source: NPNW

बैतडी। बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ। बैतडीको पुर्चौँडी नगरपालिका ७‚ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र-०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी ७‚ बडगाउँ मोडमा आज (बिहीबार) बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो। मृत्यु हुनेमा एक महिला र सात पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। उनले भने‚ “आठजनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकमा एक महिला र सात पुरुष छन्। उनीहरूको परिचय खुल्न बाँकी छ।” दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकी पठाइएको उनले बताए। उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।