Redirecting...

नेता सुनिल शर्माले भनेः तपाईंहरूले जिताइसक्नुभयो, फागुन २१ त बाक्सा खोल्न पर्खिने दिन मात्रै हो - www.lumbinisanchar.com

नेता सुनिल शर्माले भनेः तपाईंहरूले जिताइसक्नुभयो, फागुन २१ त बाक्सा खोल्न पर्खिने दिन मात्रै हो - www.lumbinisanchar.com
Source: lbns

काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको कांग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले कांग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताएका हुन् । उनले अब युवा काँग्रेस, विपी कोईरालाले कल्पना गर्नुभएको समावेशी, लोकतान्त्रिक कांग्रेस बनिसकेको बताए । उनले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नरपरी कांग्रेसलाई मतदान गर्न आह्वान गरे । बदलिएको कांग्रेसले नै देश बदल्ने उनको जिकिर छ । विपीहरुले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताए । उनले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको उल्लेख गरे । उनले युवा काँग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गरे ।