समर्थगुरु संघ नेपालद्वारा महाशिवरात्रि महापर्व भव्य रूपमा सम्पन्न - kendrabindu.com
Source: kend
काठमाडौं । समर्थगुरु संघ नेपालको आयोजनामा यस वर्षको महाशिवरात्रि महापर्व बुद्धनगरस्थित अल्फा बेटा कम्प्लेक्समा भव्य रूपमा सम्पन्न भएको छ। महाशिवरात्रि महोत्सव श्रद्धा, भक्ति र उत्सवपूर्ण वातावरणमा सम्पन्न भएको हाे । कार्यक्रममा सत्सङ्ग, ध्यान, आरती तथा आध्यात्मिक प्रवचनका माध्यमबाट भगवान शिवले मानवजातिलाई प्रदान गरेकाे ध्यान र ज्ञानको विज्ञानबारे सहभागीहरूलाई परिचित गराइएको थियो। साे अवसरमा उपस्थित साधक तथा सहभागीहरूले ज्ञान, ध्यान र उत्सवको आध्यात्मिक अनुभूति प्राप्त गरेका थिए। समर्थगुरु संघले आनन्द र उत्सवपूर्ण जीवनका लागि जीवनशैली रुपान्तरण गर्न प्रेरकको भूमिका खेल्दै आएको छ । यसअघि पनि संघले देशका विभिन्न स्थानमा जनचेतनामूलक ध्यानका अन्तर्क्रियात्मक कार्यक्रम प्रयोगका साथ गर्दै आएको छ ।