शीतलहरको सकस - ekantipur.com
Source: kant
पुस लागेसँगै हिमालमा हिमपात र तराईमा हुस्सु, कुहिरोले उचाइ लिँदै छ । परिवारको आकारअनुसार घुर ताप्नु तराई–मधेशको परम्परागत चलन हो । तर, ‘शीतलहर केही समयको मौसमी स्थिति हो’ भनेर मौन रहनु हुँदैन । यसले कृषि–व्यवसायलाई क्षति पुर्याएको छ, पशुपक्षी र मानिसको मृत्यु हुन थालेको छ ।