Redirecting...

समता घरेलु लघुवित्तले लाभांश दिने, कति पाइन्छ लाभांश ? - bankingsansar.com

समता घरेलु लघुवित्तले लाभांश दिने, कति पाइन्छ लाभांश ? - bankingsansar.com
Source: bsas

काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६२ करोड ९० लाख ५१ हजार ५६४ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ३ करोड ३१ लाख ७ हजार ९७७.०९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार लघुवित्तले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ नगद लाभांश दिने जनाएको छ। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिनेछ।