Redirecting...

तीन जिल्लाबाट चार गर्भवती र सुत्केरीको उद्धार - nagariknews.nagariknetwork.com

तीन जिल्लाबाट चार गर्भवती र सुत्केरीको उद्धार - nagariknews.nagariknetwork.com
Source: ngrk

लगातारको वर्षाले सडकहरू अवरुद्ध भएपछि हेलिकप्टरबाट चार जना गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट इलाम, पाँचथर र संखुवासभाबाट उनीहरुको उद्धार गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका ५ शिरसिरे र सन्दकपुर गाउँपालिका १ छाँगेबाट दुई जनाको उद्धार गरिएको हो । यस्तै पाँचथरको फिदिम नगरपालिका १२ पुल भञ्‍याङ्ग र संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ३ हुङगुङबाट नेपाली सेनाले उनीहरुको उद्धार गरेको हो । उनीहरुको बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल र विराटनगरमा रहेको कोशी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।