कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य - www.onlinepana.com
काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको हो । कर्णालीका लागि ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३३ रन बनाए । यस्तै गुल्सन झा ले २० बलमा १९ जोडे भने कप्तान सोमपालले १० बल खेल्दै १ चौका र १ छक्कान मद्दतमा १८ रन बनाए । प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन जोडे । बलिङमा जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २-२ तथा संगीथ कुरे, अनिल शाह र माज सदाकतले समान १ विकेट लिए । The post कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).