Redirecting...

कोसीमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँलाई मौका - ehimalayatimes.com

कोसीमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँलाई मौका - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूले मंगलबार नै शपथग्रहण गरेका छन् । कांग्रेस र एमालेबीच मन्त्रिपरिषद्मा नयाँ अनुहार पठाउने समझदारी भएबमोजिम पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो । सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराउनुभएको हो । मुख्यमन्त्रीको सिफारिशमा नियुक्त भएका आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको छ ।नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबण्डा मिलाइएको छ । सरकारमा दुवै दलबाट समान चार-चारजना मन्त्री र एक-एकजना राज्यमन्त्री सहभागी छन् । सरकारमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउनुभएको छ । यस्तै, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय, इसाइल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त हुनुभएको छ ।