पशुपतिनाथ मूल मन्दिर भित्रबाट हटाइयो फलामे बार - farakdhar.com
Source: FRDH
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशक अघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तै मध्येका एक हुन् संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले सुनाए । मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउ...