सक्रिय राजनीतिबाट बिदा भए एमालेका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य - bishwokhabar.com
Source: bsbk
काठमाडौं– नेकपा एमालेका उपाध्यक्षय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएका दुवै नेताले केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । दुवै नेताले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओलीलाई पनि बिदा हुन आग्रह गर्दै आएका थिए । यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका ज्ञवाली र शाक्यले पार्टीमा भने आफ्नो अनुभवका आधारमा सक्रिय रहने बताएका छन् ।