करेन्ट लागेर मृत्यु - www.nepaliheadline.com
Source: nplh
काठमाडौं- रूकुम पश्चिम आठबिसकोट नगरपालिका-२ बस्ने २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-३ हरीविसौनास्थित इन्टरनेटको तार जोड्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । झापा मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बस्ने ५५ वर्षीय बिकास प्रधानको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै माछा पोखरीमा विद्युतीय तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।