सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक - www.hamrokhelkud.com
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका कप्तान तथा भरपर्दा खेलाडी दीपेन्द्र सिंह ऐरीलाई १३ रनमा ट्रम्पलम्यानद्वारा क्याच आउट भए। रोहितले पाँचौं बलमा दीपक बोहरालाई गोल्डेन डक आउट गरे। उनी सन्दीप जोराद्वारा समातिए। त्यसपछि यो ओभरको छैटौं तथा अन्तिम बलमा पुनित मेहरालाई पनि गोल्डेन डक आउट गरे। उनी एलबिडब्लु आउट भए। रोहित एनपिएलमा नै ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने। यसअघि काठमाडौं गोर्खाजका साहब अलामले पोखरा एभेन्जर्स विरूद्ध ह्याट्रिक विकेटको सफलता प्राप्त गरेका थिए। उनले सो खेलमा ह्याट्रिक सहित ६ विकेट लिएका थिए। रोहितले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिंदै प्रभावशाली बलिङ गरे। यो सँगै जारी एनपिएलमा विकेट संख्या १० पुर्याएका छन्। रोहितले रन पनि २ सय कटाइसकेका छन्।The post सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक first appeared on हाम्रो खेलकुद.