फेसबुकमा विज्ञापन बढाउँदै राजनीतिक दल र उम्मेदवार - ekantipur.com
Source: kant
गत भदौको जेन–जी विद्रोहपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेदेखि नै कतिपय आकांक्षी र दलले सामाजिक सञ्जालमा प्रचार–प्रसार थालिसकेका थिए । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स, म्यासेन्जरलगायत प्लाटफर्ममार्फत पछिल्ला ९० दिनमा राजनीतिक विज्ञापनमा गरिएको खर्चको विवरण रोचक देखिन्छ ।