महिलामा ‘म हिंसा पनि गर्दिन, हिंसा पनि सहन्न’ भन्ने सोच र प्रतिबद्धता जरुरी - ujyaaloonline.com
Source: unn
आफन्तबाट हुने हिंसा बढ्दै गएको देखिन्छ । यो भनेको हिंसाबारे उजुरी गर्ने महिलाको सङ्ख्या पनि बढेको सङ्केत हो । कुनै पनि हिंसाको घटना उजुरीपछि मात्र बाहिर आउँछ । अध्ययनअनुसार महिला र बालिकामाथि हुने कुल हिंसामध्ये ९१ प्रतिशत हिंसा आफन्त तथा नातेदारबाट नै हुने गरेको देखिएको छ । तर धेरै महिलाले मान प्रतिष्ठा, परिवारको इज्जत र समाजको डरले यस्ता घटना लुकाउने गरेका छन् । यसले हिंसा गर्नेको मनोबल झन् बढेर हिंसा दोहोरिन वा बढ्न सक्छ । महिलाले आफूलाई हिंसा भइरहेको छ कि छैन भन्ने सबैभन्दा पहिले आफैं चिन्न सक्नुपर्छ । कसले कस्त...