अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि सर्यो एमालेको बन्दसत्र - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्र सुरेको छ । आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने तय भएको थियो । अध्यक्ष ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो । प्रवक्ता राजेन्द्र गौतमका अनुसार ८ बजे सुरु हुने भनिएको बन्दसत्र १२ बजे लाई सरेको छ । अहिले ९ बजे देखि केन्द्रिय कमिटी बैठक बस्दैछ । दोस्रो दिन बन्दसत्रमा सहभागी हुन प्रतिनिधिहरु आउने क्रम भने सुरु भएको छ । एक केन्द्रीय सदस्यले अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउनका लागि बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएको बताउनु भएको छ । यो पनि पढ्नुहोस्एमालेले केन्द्रीय कमिटी बैठक बस्दै