वीरगञ्ज भन्सारले राजस्व सङ्कलन लक्ष्यअनुसार गर्न सकेन - ujyaaloonline.com
Source: unn
पर्सा – खुला सीमाबाट हुने अवैध तस्करी नियन्त्रणमा नआउँदा वीरगञ्जका दुई भन्सार कार्यालयले गत आर्थिक वर्षमा वार्षिक राजस्व लक्ष्य भेट्टाउन सकेनन् । गत वर्ष वीरगञ्ज भन्सार कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले त्यसको ८० दशमलव ३५ प्रतिशत मात्रै अर्थात् एक खर्ब ७५ अर्ब ९३ करोड रुपैयाँ मात्र सङ्कलन गर्यो । अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाइए पनि राजस्व सङ्कलनमा अपेक्षित सुधार देखिएन । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत वर्ष ६० अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकोमा...