Redirecting...

विराटनगर किङ्समा स्कटल्याण्डका ब्याटर - www.hamrokhelkud.com

विराटनगर किङ्समा स्कटल्याण्डका ब्याटर - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ। मुन्से टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन्। उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनको आगमनले टोलािको माथिल्लो क्रम थप बलियो हुने विराटनगरले विश्वास लिएको जनाएको छ।विराटनगरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनको अनुभव, आक्रामक ब्याटिङ शैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र विश्वस्तरको गुणस्तर थपिने अपेक्षा गरेको छ।’ नेपाल‌ क्रिकेट संघको आयोजनामा मंसिर १ गते एनपिएलको दोस्रो संस्करण सुरु हुनेछ। पहिलो संस्करणमा जस्तै विराटनगरसहित ८ टोलीले एनपिएलमा प्रतिस्पर्धा गर्नेछन्।The post विराटनगर किङ्समा स्कटल्याण्डका ब्याटर first appeared on हाम्रो खेलकुद.