कविता : चटकीहरू - sahityapost.com
मौसम छ चटककोआउँछन् अनेक चटकीहरूछोपेर मुहार मुकुन्डोलेगर्छन् बग्रेल्ती चटकहरू । जातको जादु जगाउँछन्सम्प्रदायको साँचो सोझ्याउँछन्सपनामा सैर गराउँछन्पैसाको पाइन पोख्छन्भतेरको भेल बगाउँछन् । सबै गर्छन् उनीहरूगर्न हुने पनि गर्छन्गर्न नहुने पनि गर्छन्र फिँजाउँछन् इन्द्रजालवाल्ल पर्दै हामीठोक्छौँ त्यसैमा ताल ! तानिन्छौँ हामी उतैतिर मानौँउनीहरू चुम्बक हुन्हामी एउटा फलाम हौँ ।बत्तीमा झुम्मिएको पुतलीझैँहामी आकर्षणले बाँधिन्छौँशुद्धि गुमाएर हामीएउटा छाप टाँस्छौँ ।सम्मोहनले बाँधिएर हामीएउटा छाप लगाउँछौँ । र केही समयपछिचुम्बकीय क्षेत्रबाट टाढिएपछिबल्ल बुझ्न थाल्छौँहामी त फलाम भइसकेछौँखिया लागेको !हामी त रमिते मात्र रहेछौँत्यस चटकीको । झस्किएर झल्याँस हुँदैआफ्नै पुर्पुरो ठोक्छौँअनि एउटा सुस्केरो निस्कन्छ“खुइय्य!” अनि एउटा आवाज निस्कन्छ “थुक्क!” केही वर्षपछि मौसम उहीफेरि ऐजन, ऐजन, ऐजन………