प्रेस काउन्सिल नेपालको अध्यक्षमा आचार्य नियुक्त - arthasanjal.com
Source: sanj
काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त भएका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेका हुन् । मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आचार्यलाई काउनिस्लको अध्यक्षमा नियुक्त गरिएको सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।