Redirecting...

रिलायन्स फाइनान्सको १६औँ साधारणसभा - ehimalayatimes.com

रिलायन्स फाइनान्सको १६औँ साधारणसभा - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १६औँ वार्षिक साधारणसभा बुधबार कम्पनी अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा सम्पन्न भएको छ । विगत वर्षमा कम्पनीको वित्तीय विवरण तथा व्यवसायमा उतारचढाव भए पनि गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा निक्षेपमा १.०३ प्रतिशतले वृद्धि भई आठ सय ६४ करोड पुगेको छ भने कर्जामा ८.७० प्रतिशतले वृद्धि भई सात सय नौ करोड पुगेको छ । त्यस्तै, संस्थाको मुनाफामा ६१ प्रतिशतले वृद्धि भई छ करोड ८६ लाख पुगेको छ । कम्पनीले कर्जा असुलीको कार्यलाई योजनाबद्ध ढंगले प्रभावकारी बनाउँदै लगिसकेको जनाएको छ । साधारणसभामा संस्थाका सेयरधनी डा. बालकृष्ण चापागाईं र सेयरधनी दिपक आचार्यले वार्षिक प्रतिवेदनउपर छलफल गरी साधारणसभा सफलताको कामना गर्नुभएको थियो । साधारणसभामा कम्पनीमा १० वर्षभन्दा बढी सञ्चालक भई योगदान पुर्‍याउनुहुने पूर्वसञ्चालक विष्णुमान जोशी र १० वर्षभन्दा बढी सेवा गरिसकेका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै, शाखाहरूमध्ये कार्यसम्पादनका आधारमा राम्रो काम गर्ने तीनवटा शाखालाई ‘बेष्ट ब्रान्च अवार्ड’ प्रदान गरिएको बैंकले जनाएको छ ।