Redirecting...

राज्य र नागरिकका बिचमा गरिहो अन्तरसम्बन्ध र सहकार्य नहुँदासम्म देश बन्दैन : शंकर पोखरेल  - janatatimes.com

राज्य र नागरिकका बिचमा गरिहो अन्तरसम्बन्ध र सहकार्य नहुँदासम्म देश बन्दैन : शंकर पोखरेल  - janatatimes.com
Source: jant

काठमाडौं, साउन १७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको बताउनुभएको छ । नवयुग उद्यमशाला कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको सामर्थ्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेका बताउनुभयो । नेपालमा व्यापारको सम्भावना देखेर भारत सरकारले नेपालका सातवटा भन्सार विन्दुमा आफ्नै लगानी रेल ल्याउने प्रस्ताव गरेको उहाँले सुनाउनुभयो । नेपालमा व्यापारको प्रचुर सम्झना देखेर नै भरत आफ्नो लगानी गर्न तयार रहेको पोखरेलले बताउनुभयो । ‘नेपालमा असाधारण समार्थ्य छ भन्ने अरूले बुझिसके, छिमेकीहरूले बुझिसके, हामीले हाम्रो सामर्थ्य बुझ्न सकेका छैनौँ’, उहाँले भन्नुभयो । नेपालमा जस्तो उत्पादन गर्न सक्ने प्रकृति अरवियन मुलुकमा हुन्थ्यो भने उनीहरूले के गर्थे भन्दै प्रश्न गर्नुभयो । ‘हामीले हाम्रो प्रकृतिलाई उपेक्षा गरिरहेका छौँ, हामी नेपालमा त सम्भावना छैन, अवसर नै छैन भनिरहेका छौँ’, उहाँले भन्नुभयो । बाहिर जानेहरूले नेपाल चलेकै रेमिट्यान्सले हो भन्ने चर्चा गरेका भए पनि नेपाल आउने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका पोखरेलले बताउनुभयो । यथार्थमा नेपालीको श्रम र पसिना भारतीय अर्थतन्त्र निर्माणमा खर्च भइरहेको उहाँको धारणा छ । म बनाउँछु मेरो देश भन्ने भावनाका साथ लाग्ने हो भने नेपाल बनाउन सकिने उहाँले बताउनुभयो । ‘राज्य र नागरिकका बिचमा गरिहो अन्तरसम्बन्ध र सहकार्य हुँदैन, त्यो देश बन्दैन, देश बनाउने हो भने लोकतन्त्रमा राज्य र नागरिक बिचको सम्बन्ध जीवन्त र सकारात्मक हुनु पर्दछ’, उहाँले भन्नुभयो । जोखिम बहन गर्ने सामर्थ्य निर्माण नगरी देश नबन्ने पनि उहाँले बताउनुभयो । देश बनाउन जोखिम मोलेरै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने पोखरेलले बताउनुभयो । परम्परागत ढाँचाले मात्र अघि बढ्दा फेरी पनि अभावकै दुष्चक्रमा फस्नु पर्ने उहाँको धारणा छ । लोकतन्त्रमा राज्य बलियो भएन भने देश र नागरिक बलिया नहुने उहाँले बताउनुभयो । नागरिकले अधिकार खोज्ने तर कर्तव्य निर्वाह नगर्ने गर्दा राज्य बलियो हुन नसकेको उहाँले धारणा राख्नु भयो । पोखरेलले जहाँ अभाव छ त्यही विकासको सम्भावना हुने बताउनुभयो । अभाव र सङ्घर्षले सफलता प्राप्त हुने पोखरेलले सुनाउनुभयो । आयात– निर्यात मात्र सम्भावना नभएको बताउँदै उहाँले प्रकृति र त्यसको ब्राण्डिङ विश्व बजारमा नेपालको ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो । यसको साथै नेपालसँग सबैभन्दा धेरै काम गर्न सक्ने जनशक्ति भएकाले त्यो नेपालको लागि ठुलो आधार भएको पोखरेलको भनाइ छ ।