हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी - farakdhar.com
Source: FRDH
सुनसरी-१ का प्रतिनिधिसभा उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोप लगाउँदै धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो । उजुरीमा बालबालिका ऐन, २०७५ अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था उल्लंघन गरिएको उल्लेख छ । सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई छलफल गर्न र आचारसंहिता उल्लंघनबापत कारबाही...