विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५ प्रतिशत उत्तीर्ण - www.onlinekhabar.com
Source: onkh
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २०४ जनाले परीक्षा फारम भरेको र २०२ जना परीक्षामा सहभागी भएकोमध्ये १५२ जना अर्थात् ७५.२५ प्रतिशत चिकित्सक उत्तीर्ण भएको काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. सतीशकुमार देवले जानकारी दिए । परीक्षामा सहभागी ५० जना चिकित्सकले चिकित्साशास्त्रतर्फको स्नातकोत्तर तह परीक्षा…