रास्वपा हुनेखानेको पार्टी : एनिहाउ पैसा कमाऊ - janatatimes.com
काठमाडौं, मंसिर १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जसरी पनि पैसा उठाऊ अभियानलाई निरन्तरता दिँदै आएको छ । विगतमा पार्टी सभापति रवि लामिछानेलाई जेलबाट छुटाउने नाममा ठुलो रकम सङ्कलन गरेको सो पार्टीले उम्मेदवारी दाबी गर्नेहरूबाट पनि राम्रै रकम जुटाउने योजना बनाएको छ । रास्वपाको यो गतिविधिलाई हेर्दा एनिहाउ पैसा कमाऊ जस्तो देखिएको छ । सो पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक उम्मेदवारका लागि पार्टीमा दरखास्त दिन आव्हान गरेको छ । त्यो पनि निःशुल्क होइन, सशुल्क, सशुल्क पनि मोटै रकमको साथमा । सो पार्टीले एक सूचनामार्फत फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको जानकारी दिएको छ । उम्मेदवार छनौट समितिका संयोजक विपिनकुमार आचार्यले यसअघि जारी गरेको सूचनामा आवेदन शुल्क ५० हजार तोकिएको छ । योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । उम्मेदवारी दिने समयावधि मंसिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ । रास्वपा अब हुने खानेको मात्रै पार्टी बन्ने भएको छ । जोसँग पैसा छ उसले उम्मेदवारी दाबी गर्न पाउने भएको छ । पैसा नहुनेले उम्मेदवारी दाबी समेत गर्न नपाउने भएका छन् ।