सशस्त्र प्रहरीले बरामद गर्यो ४५ लाखको इलेक्ट्रिकल भेप - www.pardafas.com
Source: pfds
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थान नजिकबाट सशस्त्र प्रहरी बलले करिब ४५ लाख रुपैयाँ बराबरका इलेक्ट्रिकल भेप बरामद गरेको छ। नेपालबाट अवैध रूपमा भारततर्फ लैजानका लागि सोही स्थानको परालको कुन्युमा लुकाइछिपाइ राखिएका ९ कार्टुनमा रहेका १ हजार ८ सय वटा इलेक्ट्रिकल भेप विशेष सूचनाको आधारमा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण पश्चिम नवलपरासी तथा सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको संयुक्त टोलीले उक्त भेप नियन्त्रणमा लिएको हो। बरामद गरिएका भेपहरू महेशपुर भन्सार कार्यालय, नवलपरासीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।