नेपालद्वारा भारतलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत - www.hamrokhelkud.com
Source: hkhe
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा भारतलाई १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालका लागि तीनै ब्याटरले उत्कृष्ट ब्याटिङ गरे। ओपनर राशिद खानले ५५ बनाए। रिटायर्ड हर्ट हुनुअघि राशिदले ६ छक्का र ४ चौका प्रहार गरे। अर्का ओपनर सन्दीप जोराले ४७ र लोकेश बम ३१ मा नटआउट रहे । सन्दीले १२ बलमा ५ छक्का र ४ चौका तथा लोकेशले ७ बलमा ४ छक्का र १ चौका प्रहार गरे। यसअघि बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको थियो।The post नेपालद्वारा भारतलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत first appeared on हाम्रो खेलकुद.