Redirecting...

भुर्तेलको अर्धशतकमा नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य - kendrabindu.com

भुर्तेलको अर्धशतकमा नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य - kendrabindu.com
Source: kend

काठमाडौं । नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको अभ्यास खेलमा कतारसमक्ष चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अर्धशतकीय इनिङको योगदान गरे । उनले ३३ बलमा ५६ रन जोडे । यस्तै, कुशल मल्ल २० बलमा ३८ रन बनाएर अविजित रहँदा दीपेन्द्रसिंह ऐरी पनि २१ बलमा ३८ रन बनाएर आउट भए । विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो।