सडक सुरक्षा चुनौती बनिरहेको छ: मन्त्री दाहाल - nagariknews.nagariknetwork.com
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताएका छन्।आइतबार ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल-नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसी बारेको दुई दिने कार्यक्रमको समापन समारोहमा उनले सडक सञ्जाल विस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताए। नेपालको भौगोलिक तथा धरातलिय विशिस्टताका कारण पनि सडक सुरक्षाको विसयमा सम्झौता गर्न नहुने मन्त्री दाहालले बताए।सडक सुरक्षालाई कानुनी रूपमा स्थापित गर्न सडक सुरक्षा ऐन बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।कार्यक्रममा मोरङका शेखरचन्द्र राईलाई सडक सुरक्षा अवार्ड प्रदान गरियो। दुई दिनको कार्यक्रमको अवधिमा विभिन्न कार्यपत्रहरूमाथि छलफल भएको आयोजक संस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए। सोही कार्यक्रममा मन्त्री दाहालले नेपालमा विद्युतीय सवारीको बारेमा सुरु हुने अनुसन्धानको शुभारम्भ पनि गरे।