Redirecting...

एमाले महाधिवेशनमा अहिलेसम्म कति मत खस्यो ? - www.sutranews.com

एमाले महाधिवेशनमा अहिलेसम्म कति मत खस्यो ? - www.sutranews.com
Source: sutr

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ। भृकुटीमण्डपस्थित मतदानस्थलमा बिहान साढे ९ बजेदेखि मत खसाल्ने क्रम थालेको हो। मतदान सुरू भएको करिब तीन घण्टामै साढे १२ बजेसम्म ४ सय मत खसेको छ। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र उनका प्रतिस्पर्धी ईश्वर पोखरेल एकसाथ मतदानस्थल पुगेर मत खसालेका थिए। यस महाधिवेशनमार्फत एमालेले १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र तीनवटा आयोगका पदाधिकारी चयन गर्दैछ। पार्टीका अनुसार कुल २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्नेछन्। एमाले निर्वाचन आयोगले आजै राति १० बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य लिएको छ।