गुण एअरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – प्रहरीले गुण एअरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोपमा शाक्यलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सीआईबीले प्रभु बैंककै प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको थियाे । उनीहरूमाथि भइरहेको अनुसन्धानका सिलसिलामा शाक्यलाई पनि पक्राउ गरेको सीआईबीले जनाएको छ । रेमिट्यान्स कारो...