निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण - farakdhar.com
Source: FRDH
राष्ट्रिय सभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय सभाका सचेतक गङ्गा कुमारी बेलबासेले बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे । उनले भने, ‘मतको दुरुपयोग नगर्नुहोला । सच्चा व्यक्ति र मतको कदर गर्ने व्यक्तिलाई जिताउन अपिल गर्छु । अब बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्छ ।’ उनले चुनावी...