Redirecting...

सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो - www.pardafas.com

सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो - www.pardafas.com
Source: pfds

सर्वोच्च अदालतले संसद् पुनः स्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए। ‘संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु’, प्रवक्ताले कोइरालाले भने, ‘२० गते साधारण तारेख रहेको छ।’ अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रियालगायत विषयमा १७ थान रिट निवेदनमा परेका छन्।