Redirecting...

पोखरा अन्तराष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः तत्कालीन आयोजना प्रमुखविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर - arthasarokar.com

पोखरा अन्तराष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः तत्कालीन आयोजना प्रमुखविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर - arthasarokar.com
Source: aths

काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलका तत्कालीन आयोजना कार्यान्वयन प्रमुख बिनेश मुनकर्मीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुनकर्मीले पदमा रहँदा २०५४ सालदेखि २०८० सालसम्म २ करोड ५० लाख ३४ हजार ५ सय १७ रुपैयाँ बराबर गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । अख्तियारले गरेको सम्पत्ति छानबिनका क्रममा सो अवधिमा मुनकर्मी र उनको परिवारको वैध सम्पत्ति ३ करोड ७३ लाख ८१ हजार ४ सय ४४ रुपैयाँ रहेको खुलेको छ । तर, उनको खर्च भने ६ करोड २४ लाख १५ हजार ९ सय ६१ रुपैयाँ देखिएको थियो । आय भन्दा खर्च बढी देखिएपछि र सोको स्रोतसमेत नखुलेपछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियारले मुनकर्मीले बिगो बराबरको जरिवाना तिर्नुपर्ने दाबी गरेको छ । त्यस्तै, उनलाई एकदेखि ३ वर्ष कैद सजायको समेत अख्तियारले माग गरेको छ ।