एमाले महाधिवेशनको बन्दसत्र फेरि सर्यो, ३ बजेदेखि सुरु हुने - www.onlinepana.com
Source: onpa
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्र सारेर ३ बजे पुर्याइएको हो । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको जानकारी दिएका हुन् । The post एमाले महाधिवेशनको बन्दसत्र फेरि सर्यो, ३ बजेदेखि सुरु हुने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).