Redirecting...

सिटिजन लाइफको नवौं साधारणसभा पुस १८ गते, २०% नगद लाभांश पारित गरिने - janatatimes.com

सिटिजन लाइफको नवौं साधारणसभा पुस १८ गते, २०% नगद लाभांश पारित गरिने - janatatimes.com
Source: jant

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १८ गते शुक्रबार बिहान ९:३० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ । साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ, जसअनुसार पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका सदस्यहरूको सेवा–सुविधा अनुमोदन गर्ने तथा कम्पनीबाट गरिएको चन्दा र संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएका खर्चहरू अनुमोदन गर्ने एजेन्डा समावेश गरिएको छ ।