Redirecting...

चलचित्र ‘ममी’ अब युट्यूबमा हेर्न पाइने - nagariknews.nagariknetwork.com

चलचित्र ‘ममी’ अब युट्यूबमा हेर्न पाइने - nagariknews.nagariknetwork.com
Source: ngrk

गत वर्ष माघमा रिलिज भएको चलचित्र ममी युट्यूबमा सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘ममी’ अब युट्यूबबाटै हेर्न मिल्नेछ । चलचित्र पारिवारीक कथामा निर्माण भएको सिनेमाले एक परिवारमा छोरी र कुकुरको दुखद निधन पश्चात् रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तने विपत्तिलाई देखाएको छ।चलचित्रमा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारको अभिनय देख्न सकिन्छ । समर निरौलाको लेखन तथा निर्देशन रहेको फिल्मको लोकराज जोशी र पूर्णिमा जोशी निर्माता अनि सुमन कोइराला कार्यकारी निर्माता रहेका छन् ।